Thursday, April 21, 2022

भरतपुर महानगरको मेयरमा रुद्र प्रसाद सापकोटाले स्वतन्त्र उमेद्वारी दिने घोषणा



भरतपुर महानगरको मेयर पदका लागि रुद्र प्रसाद सापकोटाले स्वतन्त्र उमेद्वारी दिने घोषणा गर्नु भएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भरतपुरको मेयरका लागि सापकोटाले स्वतन्त्र उमेद्वारी दिने घोषणा गर्नु भएको हो ।उहाँ युवाहरुको अन्तराष्ट्रिय संस्था माडी जेसीजका संस्थापक अध्यक्ष एवम् थुप्रै संघसंस्थामा आवद्व हुनुहुन्छ । स्वतन्त्र राजनैतिक युवा समुह मार्फत “दल रहित स्थानिय विकास, युवाले दिनेछन् निकास” भन्ने नाराका साथ भरतपुर महानगरको मेयरमा दाबी गरेको उहाँले बताउनुभयो ।

Monday, August 2, 2021

पुर्खाले बचाएको देश पुस्ताले बनाउन सकेनन। के तपाईंलाई देशको चिन्ता छैन?


🇳🇵स्वदेश तथा विदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा हार्दिक नमस्कार एवम् जय मातृभूमि🇳🇵कथित परिवर्तनको नाम र बाह्य शक्तिको आडमा नेपाल र नेपालीहरुको चाहाना विपरीत भौगोलिक तथा क्षेत्रफलको हिसाबले सानो एवम् सुन्दर देश नेपालमाथी लादिएको संघीयता र धर्मनिरपेक्ष जस्ता अनावश्यक  व्यवस्थाले हामी र हाम्रो देशको अवस्था निकै दयनीय बनेको यहाँहरु सबैलाइ अवगतनै छ। आफ्नै मौलिकता र पहिचान लाई लिलाम गर्ने कथीत नेता र सोहि नेतालाई प्रभु मान्ने कार्यकर्ता सक्षम र सचेत नहुनु, अनेक बहानामा भ्रष्टाचारमा लिप्त हुने परम्परानै बसि सकेको जस्तो अनुभव हुन थालेको छ। तसर्थ अब तपाईं हामी सचेत र जागरुक भएर आफै अगाडि नआउने हो भने भोलिका दिनमा नेपाल र नेपाली भन्ने अवस्था समेत रहने हो वा होइन आफै मुल्यांकन गरौ। प्रायः जसो तपाईं हामी सामाजिक संजालमा नेतालाई गाली गर्दै यो गरेन त्यो गरेन भनेर भन्ने गर्छौ अनि आफै भोटर मात्र बनेर बस्न रुचाउछौ जसले गर्दा असक्षम व्यक्ती उपल्लो तहमा पुग्ने र आफू अनुकुल मात्र काम गर्ने गर्दछन। हामी सधै भर्र्याङ् मात्र बनेर हजारौलाई नेता बनाइयो, निर्णायक ठाउमा पुग्न खुड्किलो बनियो तर माथी पुगेपछी कैले पनि पछाडी फर्केर हेर्न भ्याएनन कथित नेताहरुले। अकसर हाम्रो देश नेपालमा नेता भन्ने शब्दको अर्थ नै परिवर्तन गरिदिएको आभास हुन थालेको छ। कथित परिवर्तन र गणतन्त्रको प्रवेश र राजसंस्थाको विधिवत अन्त्यपछि झन झन विकृति बढ्दै गएको आभास पाइला पाइलामा भएको छ। बोल्न पाइन्छ भन्ने अधिकारको यति दुरुपयोग गरियो कि जसले जसलाइ जे पनि भन्न थालियो।  स्वतन्त्रताको हक भन्दै आफ्नो मौलिकतालाई यसरी लत्याइयो मानौ त्यो हाम्रो पहिचान कैले थिएन। आज हामी यति सम्म निरीह भएका छौ कि भुटान जस्तो सानो मुलुक ले नेपाललाई सहयोग गर्नु पर्ने दिन आएको छ। नेपालको राजनितीमा हामी यस्ता अनुहारलाई पटक पटक अवसर दिएका छौ जो कैयौं पटक असफल भएका छन। नेपालको राजनितीमा प्राय अपराधिकरण  र व्यापारिकरणले देशलाइ शिथिलता तर्फ डोर्‍याएको छ। हिजोको दिनमा नेपाल र नेपाली को विश्व सामु यति मान सम्मान थियो कि नेपाली भनेपछी इमानदार र बहादुरीको उदाहरणनै बनेको थियो। हाम्रो देशका प्रमुख तत्कालीन र हाल विकसित कहलिएका देशमा भ्रमणका दौरान बाटोमा लाइन लागेर हेर्ने गर्दथे तर हालका राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बिदेश जाने हो भने तेहाका राज्य मन्त्रीले समेत वास्ता गर्दैनन। हामी विकसित बाट अविकसित तर्फ जाँदै छौ वा अविकसित बाट विकसित तर्फ मुल्यांकन गर्ने जिम्मा पाठकमै छोड्न चाहे।मैले नेपालीको राजनीति धेरै त बुझेको छैन तैपनि यति भन्न सक्छु कि नेपालमा राजनिती गर्न कि त व्यापारी हुनु पर्यो कि त अपराधिक क्रियाकलापमा संलग्न। हाम्रो देशको त्यो पुरानो इतिहास देख्दा विश्व ले डाह गर्दथ्यो, पुर्खाले बचाएको देश पुस्ताले बनाउन सकेनन। कथित परिवर्तनको नाममा गरिएका धनयुद्धले हाम्रा आफ्नै दाजुभाइ दिदिबहिनीको ज्यान लिने काम भयो। धार्मिक, सासंकृतीक, जातीय तथा क्षेत्रीय विविधतताका बिषयलाई  गलत व्याख्या गरेर आफ्नै दाजुभाइ दिदिबहिनी विरुद्ध खडा गराइयो र रगत को खोला बगाइयो। हामी सोझा नेपाली दुख सहेर पनि देश बन्छ भने आफ्नो प्राणको आहुती दिन भनेपछि पछाडि नहटी युद्धमा होमियौ तर परिणाम भने विपरीत आयो। त्यो धनयुद्ध त केवल केही स्वार्थमा आफ्नो स्वाभिमान लिलाम गर्ने देशद्रोहीका लागि पो रहेछ।यी सबै विषय उठान गर्दा आम नेपालीको रगत उम्लिएर आउनु स्वाभाविक नै हो। अनेक दुख कष्ट सहेर पनि नेपालीहरुले सुखका दिन आजसम्म अनुभव गर्न त परै जाओस झन दुख बेहोर्नु परेको छ। संसारको अगाडि नेपालीको इज्जत लिलाम गर्न तत्पर कथित नेताहरुको आपसी सत्ता लुछाचुडीबाट उनिहरुको नियत र लम्पसारवाद प्रष्ट भएको छ। चुनाव ताका घर घर हात जोड्दै हिड्ने जनप्रतिनिधि भनौदा हरु अहिले के कसरी पैसा कमाउने र सत्तामा बसिरहने भन्ने बाहेक केही अन्य कुरा सोच्न सक्ने अवस्थामा छैनन।साचिकै मुल्यांकन गर्ने हो भने हाम्रो देशका कथित नेताहरुका करतुत यति धेरै छन कि शायद कुनै व्यक्ति होलान जो स्वच्छ छवि बनाउन सफल भए, चामलमा घुन होइन घुनमा चामल खोज्नु पर्ने अवस्था अहिलेको छ । । हाम्रो देशका सफल एवम् सक्षम युवा परदेश जान बाध्य पारी यो देशलाइ सधै युद्ध र अशान्तिको प्रयोगशाला बनाउन लागि परेका बाह्य शक्ति आज सम्म सफल भएका छन। नेपाललाई विकास गर्न बाट वन्चित गराइ आफ्नो प्रभाव कायम राख्न लागि परेका स्वार्थी छिमेकी र अन्य शक्तिशाली मुलुकको रस्साकस्सी पनि  पनि कम छैन। उनिहरुको वर्चस्व कायम हुनुमा म उनिहरुलाइ दोष दिन चाहदैन किन कि जब हाम्रै देशका भष्मासुर हरुले उनिहरुलाइ अवसर जुराइदिएका हुन जसले गर्दा बाह्य शक्ति हामी नेपाली माथी हावी हुन सफल भए। सच्चा देशभक्त सत्तामा हुने थिए भने नेपाली माथि बाह्य शक्ती हावी हुन  न हिजो सकेका थिए न आज सक्ने थिए तर बिडम्बना जसलाइ देश बचाउने र बनाउने जिम्मा लगाइयो उसैले देश र जनता प्रतिकुल काम गरेर आफ्नो थैलो भर्नका लागि लम्पसार भएका भए।नेपालमा रहेका राजनीतिक दल जसले केवल आफ्नो दुनो सोझाउन मात्र प्रयत्न गर्ने गरेका छन, भ्रष्टाचारमा लिप्त व्यक्ति हरुलाइ अब पनि समर्थन गर्नु पनि एक खालको देशद्रोह हो। अब पनि उनै व्यक्तिलाइ सत्तामा पुर्याउन भोट दियौ भने आफ्ना औला सिलौटामा राखेर थिचे फरक नपर्ने देखिन्छ किन कि उनिहरुबाट अब देश को निकास र विकास सम्भव देखिदैन। आज सम्म जे जति साथ दियौ अब दिने छैनौ भनेर हरेक सच्चा नेपाली जसलाइ आफ्नो देशको र आगामी पुस्ताको भविष्य बारे अलिकती चिन्ता छ, ले सोच्नु पर्ने आवश्यक देखिन्छ।  हाम्रो देशमा बाह्य शक्ति हावी हुनु भनेको आफ्नै देशमा दास बनेर बस्नु सरह हो। 
अन्त्यमा: अब सम्पुर्ण देशप्रेमी सच्चा नेपालीले देशकालागी केही दिने बेला आएको छ। नेपाल, नेपालिपन तथा मौलिकता को जगेर्ना गर्दै हिमाल पहाड तराई लाई एउटैमालामा गासेर एक अवाजमा बोल्ने दिन आएको छ "जय मातृभूमी" हाम्रो देश हामी चलाउछौ भन्ने दिन आएको छ। कैले सम्म नालायक हरुलाइ नेता मान्दिनु पर्ने, नेता शब्दको अर्थ नै परिवर्तन गरिदिएका व्यक्तिलाइ अब कठालो समाएर टुडिखेलमा लगेर आज सम्म राज्य दोहन गरेको कसुरमा कोरा हान्ने दिन आएको छ। हामिले प्रश्न गर्नु पर्ने दिन आएको छ: घोषणा पत्रका बाचा पूरा किन भएनन? हामिले देश बनाउन नेता बनाएका हौ वा आफ्नै देश दोहन गर्न भन्ने प्रश्न गर्ने दिन आएको छ। अब देशद्रोही भ्रष्टाचारी लाई  समर्थन होइन राज्य दोहन किन गरेको भनेर जवाफ मागौ। अब तपाईं हामी सम्पुर्ण एकै ठाउमा देशको निम्ति जुटौ। आफ्नो देशको पहिचान, सभ्यता र उज्ज्वल भविष्यको सुनिश्चिता गरौ। सम्पुर्ण राष्ट्रवादी नेपाली एक हौ। जय मातृभूमि 🇳🇵

Saturday, November 7, 2020

अब हामी कसरी सनातनी रह्यौ, अब केहि सोच्ने बेला पो आयो की ?


           अब केहि सोच्ने बेला पो आयो की ?

१. टुप्पी पाल्न छोड्यौ !

२. टोपी छोडियो !

३. तिलक चन्दन छोडियो !

४. धोति, दौरा सुरुवा छोडियो !

५. जनै छोडियो !

६. साँझ विहानको गायत्री मन्त्र छोडियो !

७. रामायण पाठ , गीता पाठ छोडियो !

८. महिला दिदीबहिनीले फरिया छोड्नु भो, नाकको

फुली छोड्नु भो, नौगेडी छोड्नु भो, कपालको

धागो छोड्नुभो, अब सिन्दुर छोड्दै हुनुहुन्छ !

९. पैसा र यौनको लागी बच्चा छोडियो !

१०. संस्कृत छोडियो, नेपाली भाषामा पढ्नेलाई

हेला गर्न थालियो !

११. श्लोक छोडियो, भजन छोडियो !

१२. बच्चाको सबै संस्कार छोडियो, न्वारन जेनतेन

गरिदै छ !

१३. साँझ विहान भेट भएको बेला राम-राम भन्न छोडियो !

१४. चरण स्पर्श, दण्डवत छोडियो !

१५. आफ्नो खुसीको लागी बुढेसकालका बाबु-आमा छोडियो !

आफ्ना रितिरिवाज परम्परा सबै छोड्दै आएपछि अब हामी कसरी सनातनी रह्यौ? कसरी नेपाली रह्यौहिन्दुको बच्चाको जन्मदिनमा केक काट्न कसले सिकायोआमाको मुख हेर्ने दिनमा केक काट्न कसले सिकायो ?आफ्नो धर्म जोगाउन तपाइले कुनकुन परम्परालाई निरन्तरता दिनुभएको छ जसरी हामी विस्तारै विस्तारै बदलिंदै छौ, त्यसरी नै एकदिन समाप्त पनि हुनेछौ !

*मुसलमानले न दारी छोडे, न दिनमा ५ पटक नवाज छोडे !

* बौद्ध धर्म मान्नेले न पहिरन छोडे, शिर मुण्डन छोडे !

* ईसाई वाला हप्तामा एकदिन चर्च अनिवार्य जान्छ !

हामी हिन्दु हाम्रो पहिचान र संस्कार बाट किन दुर हुँदै छौगुरुकुल को शिक्षा*, *यज्ञ*, *शस्त्र-शास्त्र*, *नित्य मन्दिर जाने संस्कार कँहा हरायो हामी हाम्रो संस्कार बाट विमुख भयौ , यहि कारण हामी विलुप्त हुँदै छौ ! त्यसैले आफ्नो पहिचान  बचाउँ ! आफ्नो मूल-संस्कार अपनाऔं !!!* सकिन्छ दिनमा एकपटक नसके हप्तामा एकपटक आफ्नो बच्चाको साथमा मन्दिर जान सुरु गरौ। 

                                   जय मातृभूमि

Source: Social Media | AA

 

Friday, October 16, 2020

म, मेरो विचार: सुशील खनाल

 

म, मेरो विचार

मानव एउटा सामाजिक प्राणी हो। प्रतेक व्यक्तीको आफ्नै सोच विचार तथा चाहना हुने गर्दछ ।  व्यक्ती अनुसार सोच र क्षमता पनि फरक नै हुन्छ । कोही व्यक्ती धन सम्पत्ती कमाउन इछुक त कोही नाम कमाउन, कोही व्यक्ती व्यापार व्यवसाय गर्न त कोही पेशा, कोही व्यक्ती राजनीति त कोही समाजसेवा। मैले सधैं दुइवटा कुरा लाई आफ्नो जीवन मा भन्ने गरेको छु:

·       राजनीतिक चेतना असल नागरिकको गुण हो

·       राजनीति फोहर खेल होइन, तर राजनीतिज्ञहरु फोहोरी खेलाडी हुने गरेका छन

नेपाल को इतिहास निकै गर्व लायक थियो र छ पनि ।  नेपाली वीर गोर्खाली का सपुत भनेर विश्व सामु आफ्नो पहिचान बनाउन सफल भएका हाम्रा पुर्वज का सन्तान हामी तर विश्व सामु हाम्रो मान शान र पहिचान के अहिले पनि त्य्स्तै छ त्? अनेकौ प्रश्न ले झक्झकाइरहन्छ।

हामीले नेपाली नागरिकता त पायौ तर नेपाली को पहिचान गुमाउदै पो छौ कि? आखिर गास बास कपास को समेत उचित व्यवस्थापना गर्न हम्मे हम्मे किन हुँदै छ नेपाल जस्तो प्राकृतिक सम्पदा ले भरिपूर्ण देशमा पनि? के हामीले गलत बाटो रोजेकै होत या निश्चित स्वार्थ पुरा गर्नु बाहेक अरु केही सोच्न सक्ने क्षमता नै बिकास हुन सकेन? के नेपाल र नेपालीको डोरी अर्कैले समातेको छ?

"रोग पत्ता नलाग्नु ठुलो समस्या होइन तर रोग लागिसकेपछी उपचार नगर्नु महाभुल साबित हुन्छ"

आज सम्म जो जुन ठाउँ मा भएतापनी अब आफ्नो जीवनको अमुल्य समयको केही पल समाज र देशहित को लागि पनि दिनु पर्ने आजको आवश्यकता हो, समयको माग हो र मातृभूमी को पुकार पनि हो। जुन माटो मा हामी जन्मियौ त्यो माटो को लागि केही गर्न सकेनौ भने अवश्य पनि हाम्रो जीवन पूर्ण रुपमा सफल कहलिदैनौ। आफ्नो मात्र स्वार्थ पुरा गर्ने त केवल प्राणी हो हामी त सामाजिक प्राणी हौ, अब व्यवहारमा पनि लागौ। नेपाल जस्तो शान्तीको प्रतीक मानिने ठाउँ मा पनि भाषा, जात जाती र धर्म को आधार मा द्वन्द हुन्छ भने त्यो स्वभाविक नभएर षड्यन्त्र हो भन्ने बुझ्न जरुरी छ। नेपाली लाई नेपाली संग लडाउने खेल हो। नेपाल मा शान्ती भयो भने नेपाल को स्थान विश्वको सर्वोच्च शीखर सगरमाथा जस्तै उचो हुन्छ भन्ने डर छ अन्य मुलुक हरुलाई जसले गर्दा हाम्रै देश भित्रका धमिरा हरुलाई प्रयोग गरी धर्म निरपेक्ष र संघीयता जस्ता प्रपञ्च लादियो। अब सम्पूर्ण देशभक्त नेपालीहरु सचेत हुनु जरुरी देखिन्छ अन्यथा अबका पुस्ताहरुले सुख शान्ती र बिकास को अनुभव गर्न पाउने छैनन।

म आफ्नो जीवनकालमा निम्न विचार लाई सधैं अबलम्बन गर्नेछु।

·       नेपाल र नेपालीको हितको पक्षमा उभिने छु

·       नेपाल लाई सनातन हिन्दू राष्ट्र बनाइनु पर्छ भन्ने वकालत गर्नेछु

·       संघीयता खारेज गर्नुपर्ने पक्षमा

·       नेपाल र नेपाली को हित विपरित कुनै पनि काम नगर्ने, नगराउने र कसैले गर्न गराउन खोजेमा खबरदारी गराउने छु

·       व्यक्तिगत स्वार्थ को भावना लाई त्यागी देशको स्वार्थ को लागि निरन्तरता दिने छु

·       स्वास्थ्य र शिक्षा निशुल्क होस भन्ने पक्षमा

·       अन्य मुल बिषय संगै संस्कृत बिषय पनि अनिवार्य हुनु पर्ने पक्षमा, इत्यादी।

·       जातीय आरक्षण को अन्त्य गरी सबलिकरण गर्नु पर्ने पक्षमा

·       सनातन हिन्दू राष्ट्र नेपाल को पक्षमा एकमत हौ

 

·      धर्म निरपेक्षता खारेज गरी  किरात, बौद्ध, जैन, शिख, बोन, मैत्रीय र इस्लाम लगायतका धर्म सस्कृतिको संरक्षण हुने वैदिक सनातन हिन्दुराष्ट्र नेपाल बनाइ विश्वमा देशको विशिष्ट पहिचान स्थापित गरौ

ॐ जय मातृभूमी ॐ

 

 

 


Saturday, June 20, 2020

नेपालमा सकारात्मक परिवर्तन नहुनुका कारण तथा उपायहरु


नेपालमा सकारात्मक परिवर्तन नहुनुका कारण तथा उपायहरु 

Sushil Khanal | M.A. Sociology 






. प्रतेक सरकारी वा अर्ध सरकारी संघ संस्थाका अधिकांश अधिकारी वा कर्मचारी द्वारा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राजनीतिमा संलग्न  हुनु      

- सरकारी वा अर्ध सरकारी संघ संस्थाका अधिकांश अधिकारी वा कर्मचारी द्वारा विभिन्न राजनैतीक दल निकटका ट्रेड युनियन खारेज गरी सम्पूर्ण कर्मचारीको एउटै युनियन हुनु आवश्यक, साथै राजनैतीक दल निकट विद्ध्यार्थीहरुका विभिन्न भात्री संगठन खारेज गरी एउटै संगठन विद्ध्यार्थी संगठन हुनुपर्ने 

. आवश्यक भन्दा धेरै राजनीतिक दल हुनु, एउटै दलमा गुटबन्दी गर्नु वा गर्न लगाउनु र एउटै पदका लागि मरिहत्ते गर्नु

- राजनैतीक दल दर्ता गर्न पाउनु नागरिकको अधिकार भएतापनी नेपालको आवश्यकता अनुसार न्युनतम २ र अधिकतम ४ भन्दा बढी राजनैतीक दल हुनु हुँदैन, साथै एउटै पदमा जीवन बिताउन खोज्नु पनि मुर्खता हो । एउटै दलमा २-३-४-५ जना सम्म अध्यक्ष हुनु वा हुने बातावरण बनाउनु अनुचित कार्य हो । यस्ता कार्य लाई तत्काल निरुत्साहित गर्नु जरुरी छ । अन्यथा पदकै लागि जस्तो सुकै निम्न स्तर को कार्य गर्न पनि पछी नहट्ने सन्केत देखिन्छ ।  

. गैर कानुनी कृयाकलाप मा संलग्न भएर आर्थिक लाभ वा आय आर्जन मा बढी आकर्षित हुनु

- शक्तिको आड र पदको दुरुपायोग गरी तस्करी गर्ने-गराउने र मनग्गे धन आय-आर्जन गर्ने जस्ता कृयाकलाप पूर्ण रुपमा निर्मुल गर्नु अतिआवश्यक छ, त्यसो नगर्दा तस्करीकै कारण राज्यलाई आर्थिक घाटा वेहोर्नु पर्ने र निशित समुह वा व्यक्ती धनी हुने जसको प्रभाव आम नागरिक माथि पर्न जान्छ

. अपराधीक पृष्ठभूमि भएका व्यक्ती हरु द्वारा राजनीतिमा प्रवेश गर्नु वा गराउनु

- जसरी कुनै सरकारी सेवा मा प्रवेश गर्दा चारित्रिक प्रमाण हेर्ने गरिन्छ सोही अनुरुप राजनीति गर्ने व्यक्ती वा समुह लाई पनि त्यो नियम लागु गर्नु जरुरी छ, वा कुनै पनि मुद्धा खेपेको समुह वा व्यक्ती छ भने सो व्यक्ती वा समुहलाई राजनीति प्रवेश मा रोक लगाउनु पर्दछ

. आधारअभुत तह देखी विश्वविद्यालय जस्तो पवित्र क्षेत्र लाई राजनीति गर्ने थलो बनाइनु

- सामान्यत: स्कुल कलेज मा भोज भतेर गर्ने, पार्टीगत भेला हुने, राजनैतीक गतिविधी गर्ने जस्ता कार्य हुँदै गएका छन जो राम्रो होइन। विध्यालय परिसर भित्र वा ओरिपरी राजनैतीक गतिविधी गर्नु गराउनु हुँदैन 

. राजनीति मा प्रवेश गर्न कुनै पनि योग्यता निर्धारणा गर्न नसक्नु

- राजनीति गर्न वा नेता हुन वा मन्त्री देखी सर्वोच्च पद सम्म पुग्न कुनै योग्यता निर्धारणा गर्न नसक्नु निकै दुर्भाग्यपूर्ण हो तसर्थ योग्यता प्रणाली लागु गर्न आवश्यक देखिन्छ।  देशको कानुन बनाउने, निती निर्माण गर्ने, अन्तरराष्ट्रिय स्तर मा आफ्नो पहुच पुर्याउन र समय सापेक्ष प्रतिस्पर्धा को लागि सक्षमता को आवश्यक पर्दछ . 

. आफ्नो सकारत्मक मौलिक परम्परा, असल ईतिहास लाई बच्चाइ राख्न नसक्नु वा विकसित मुलुक हरुको नक्कल गर्नु वा बाह्य प्रभाव बढ्नु  

- आफ्नै देशको सकारात्मक धार्मिक परम्परा, भाषा, भेष-भुषा,रहन सहन, ईतिहास को संरक्षण गर्दै बिकास गर्नु पर्दछ । विदेशी नकल गर्नु भनेको आफ्नो पहिचान गुमाउनु हो। हरेक देशको आफ्नै भिन्न पहिचान भएमा मात्रा विश्व सामु चिन्ने-चिनाउने अवसर मिल्दछ।   

. भ्रष्टाचार, देशद्रोह, बलात्कार, निती नियम को उलंघन गर्ने प्रती कठोर कारवाही नहुनु वा नातावाद, कृपावाद, लम्पसारवाद को हालिमुहाली हुनु

- आफ्नो लाई काखा अर्को लाई पाखा को निती राख्नु हुँदैन, दोषी जो सुकै भएतापनी कानुन को दायरा भित्र ल्याउनै पर्छ। न्यायिक निकाय वा कुनै पनि सरकारी निकायले सत्तापक्षको बोली बोल्नु हुँदैन र पक्षपात नगरि आफ्नो काम गर्नु आवश्यक हुन्छ। जुन सुकै निकाय भएतापनी राजनीति तर्फ को झुकाव नराखी संविधान तर्फ झुकाव हुनु आवश्यक । किन कि राजनीति जुनसुकै बेला पनि परिवर्तन हुन सक्छ तर सरकारी कर्मचारी भनेको स्थाई हुन्छ र देशको बिकास उनिहरु माथि पनि भर पर्छ । 

. कर छली मा हुने व्यापक भ्रष्टचार नियन्त्रण वा नियमन गर्न नसक्नु

- राज्य का जिम्मेवार निकाय ले अझै पनि कर छली गर्ने वा गर्न लगाउने माथि नियन्त्रण गर्न वा गराउन सकेको अवस्था छैन। कर छली हुँदा पनि मौन बस्नु वा बस्न लगाउनु पनि अपराध हो राज्यको ढुकुटी को चोरी हो । यसले राज्य लाई घाटा हुन जान्छ।

१०. स्रोत साधन को उचित पहिचान गरी उपयोग मा ल्याउन नसक्नु

- प्राकृतिक स्रोत साधनले नेपाल एउटा धनी देश भित्र पर्छ तर देशमा भएका स्रोत साधन को पहिचान पूर्णरुपमा हुन नसक्नु दुर्भाग्यपूर्ण हो । नेपाल जल स्रोत मा निकै धनी छ तसर्थ बिद्युत उत्पादन गर्ने र बिद्युतिय सवारी साधन प्रयोग मा ल्याउने , पर्यटन पर्वर्धन गर्ने, मत्स्य पालन मा आत्म निर्भर हुने, कृषि योजना अन्तर्गत सिंचाइ व्यवस्था गर्ने, जंगल का पुराना रुख विरुवा बाट काठ निकाल्ने र नयाँ बिरुवा रोप्ने, हिमाली जिल्ला मा स्याउ खेती गरी आफ्नै देशको स्याउ मा आत्मा निर्भर हुने, स्वच्छ हावापानी भएका कारण कृषि र पशुपालनमा धेरै विकास गर्न सकिने, नेपाल मा उपलब्ध जडिबुटी को सदुपयोग गर्ने जस्ता गतिविधी गर्नु वा गर्न लगाउनु आवश्यक छ ।

११. नेपाल मा के आवश्यक छ सो विषय को वास्ता नगरि अन्य मुलुक ले के गरेको छ सो को नक्कल गरिनु

- नेपालको आर्थिक-सामाजिक-भौतिक र प्राकृतिक स्रोत साधनले मागे अनुरुप योजना ल्याउनु पर्ने देखिन्छ। उदाहरणको लागि नेपालको सन्दर्भमा पानी जहाज र पानी जहाज मन्त्रालय को कुनै आवश्यक छ जस्तो लाग्दैन किनकी नेपालको भौगोलिक धरातल पानी जहाज दौडाउने अनुकुल छैन । बरु बिद्युत उत्पादन गरी बिद्धुतिय सवारी साधन वा हिमाल-पहाड-तराइ मा चल्ने वा चलाऊन सक्ने साना रेल गाडी उपयोग मा ल्याउन सकिन्छ जसले गर्दा अन्य मुलुक बाट इन्धन खरिद मा लाग्ने निकै ठुलो धन राशी आफ्नै देशको अन्य  क्षेत्रमा लगानी गर्न सकिन्छ ।  

१२. आफुलाई राजा अरु सबै दास हुन भन्ने सोच राख्नु, काम र व्यक्ती को सम्मान नहुनु

- पद र पैसा को नशा मा चुर व्यक्ती ले मै जाने, मै ठुलो भन्ने भ्रम ले गर्दा हुने खाने र हुँदा खाने बिच ठुलो खाडल वा दुरी बनेको छ।  नेपालमा उचित रोजगारी को व्यवस्था नहुनु, रोजगारी भएमा योग्यता अनुसार पारीश्रमिक नहुनु, काम वा कामदार को सम्मान नहुनु, कार्य क्षमता अनुसार उचित मुल्यांकन नहुनु निकै दुर्भाग्यपूर्ण कुरा हो जसको कारणले दक्ष जनशक्ती बैदेशिक रोजगारी को लागि वाध्य छन।

१३. अनावश्यक आर्थिक बोझ हुनु

- नेपाल जस्तो सानो, आर्थिक दृष्‍टिकोणले गरीब देशमा आवश्यक भन्दा धेरै खर्च गर्ने चलन निकै लज्जास्पद हो । संख्यात्मक हिसाबले चाहिने भन्दा बढी नेता, मन्त्री र मन्त्रीमण्डल, अलिशान गाडी, अगुवा पछुवा सुरक्षा कर्मी, अनावश्यक भत्ता, इत्यादी आर्थिक बोझको मुख्य कारण हो तसर्थ यस् माथि सोच विचार गरी आर्थिक बोझ घटाऊन आवश्यक छ।

१५. पैसाको महत्तो घट्दै जानु, महंगाइ बढ्दै जानु, दक्ष जनशक्ती वैदेशिक रोजगारमा पलायन हुन बाध्य हुनु

-दिनप्रतीदिन पैसाको महत्तो कम हुँदै गएको छ, अत्यावश्यक सामान खरिद गर्न पनि निकै ठुलो मुल्य चुकाउनु पर्ने । उत्पादन तर्फ नजादा सबै सामान आयात गर्नु पर्ने भएकोले ठुलो धन राशी खर्च हुने र महंगाइ तिव्र गतिमा बढ्दै गएको छ तसर्थ उत्पादनमा जोड दिनु पर्ने देखिन्छ

 १६. नागरिक र सरकारले आ-आफ्नो कर्त्यव्यको पालना नगर्नु

- नागरिकले सबै काम सरकार ले गर्नु पर्छ भन्ने अनी सरकार ले नागरिकले गर्नु पर्छ भन्ने एक अर्का माथि दोषरोपण गर्नु निकै नकारात्मक कुरा हो । दुबैले आ-आफ्नो जिम्मेवारी बहन गर्ने हो भने समस्याको समाधान आफै निस्किने देखिन्छ।

१७. असल राजनीतिको बिजारोपण गर्न नसक्नु

- असल राजनीति को बिजारोपण गर्न नसक्नु वा कुशल राजनिती संस्कार बसाल्न नसक्नु ठुलो कमजोरी रहेको छ । अबका युवा वर्ग हरुले कुशल राजनीति को सुरुवात गर्न नसकेमा सकारात्मक परिवर्तन को कल्पना समेत गर्न सकिदैन।   

१८. सत्तापक्ष र विपक्ष द्वारा मिलिजुली भ्रष्टाचार गर्नु वा गर्न लगाउनु

- भाषाण मा जे जती कुरा गरे पनि वास्तवमा सत्ता पक्ष र विपक्ष आन्तरिक रुपमा मिलिजुली भ्रष्टाचार गर्ने गरेको पाईन्छ । एक अर्काको विरोध गरे जस्तो गर्ने, आम जनता बिच द्वन्द गराउने, भ्रमको खेती गर्ने काम गरेको पनि नदेखिएको होइन । यो व्यवस्था लाई चिर्न सक्यौ भने मात्र विकास को सम्भावना छ अन्यथा सधैं एक आपसमा झै झगडा बाहेक केही हुँदैन। 

१९. कुरा वा भाषाण र काम मा एकरुपता नहुनु

- कुरा र काम गर्ने शैली मा एक रुपता नहुनु पनि मुख्य कारण रहेको छ । विकास र परिवर्तन का ठुला ठुला कुरा गर्ने तर काम मा भने सिन्को नभाच्ने गर्दा समस्या देखिएको छ । तसर्थ कुरा थोरै काम धेरै गर्नु जरुरी देखिन्छ, अन्यथा सबै परीयोजना कागजमा मात्र सिमित रहने छन।

२०. प्रविधी को दुरुपायोग हुनु

- प्रवीधी आजको आवश्यकता हो तर हाम्रो देशको सन्दर्भमा वरदान भन्दा पनि अभिशाप नै भए जस्तो देखिन्छ। प्रवीधी को सदुपयोग नहुँदा दिनप्रतिदिन अपराध बढेका छन, बहुमुल्य समय तथा उर्जाशील शक्ती सामाजिक सन्जालमा खेर फालेको पनि देखिन्छ। समय र सीपको सदुपयोग नगर्नु पनि सकारात्मक परिवर्तन नहुनुको कारण हो । सामाजिक सन्जालको प्रयोग सुविधाको लागि र केही क्षण को लागि मात्र प्रयोग गर्ने हो भन्ने चेतना नभएर पनि हुन सक्छ ।

२१. स्वदेशी वस्तु को उत्पादन नहुनु र भएमा उपभोग नगर्नु

नेपालमा निकै कम उत्पादनका उद्ध्योग हरु छन तसर्थ उत्पादन क्षेत्र तर्फ लगानी आवश्यक छ। स्वदेशी वस्तु नै उपभोग गरौ भन्ने अभियान नै चलाऊन जरुरी छ। साथै बाहिर बाट आयात रोक्नु पर्ने हुन्छ जसले गर्दा एक आफ्नै देशको उत्पादन उपयोग हुने भो अर्को आयात गर्दा जो धनराशी देश बाहिर जान्छ त्यो आफ्नै देशमा रहने भयो। यसको प्रत्यक्ष प्रभाव आर्थिक स्तरोन्नती मा पर्दछ। स्वतन्त्र नागरिक को हैसियत राखी अन्य कुनै ठोस कारण भएमा थप गर्नुहुन अनुरोध छ।

   थप केही भए कमेन्ट मा शभ्य भाषा मा लेख्नु हुन अनुरोध गर्दछु, त्रुटी भएमा  सुझावको अपेक्षा गर्दछु

जय नेपाल जय नेपाली


Wednesday, June 17, 2020

वर्षौ पहिला उठेको मेरो देश नेपाल किन हिंड्न सकेन ?




कैले GOOGLE कैले YAHOO मा बारम्बार खोज्न मन लाग्छ, तर त्यो सामर्थ्य GOOGLE वा YAHOO ले कहाँ राख्न सक्थ्यो रमेरा पुर्खा बाट सुनेको र मेरा शिक्षक बाट पढेको नेपाल र नेपाली कहाँ भेटिएला----

मेरो मन र मेरो मस्तिष्क बिच हजारौ प्रश्नको उत्तरको खोजिको लागि आन्तरिक द्वन्द  चलिरहन्छ । केही मुख्य वा प्रतिनिधि मुलक प्रश्न निम्नलिखित छन :

 

Ø  नेपाल र नेपालीको पहिचान के थियो

Ø  नेपाल र् नेपालीको  ईतिहास वास्तवमा कस्तो थियो? राम्रो वा नराम्रो, राम्रो थियो भने निरन्तर्ता किन पाउन सकेन र नराम्रो थियो भने हामीलाई राम्रो छ भन्दै विद्ध्यालयमा किन पढाईयो?

Ø  नेपालको अन्य देशहरु सँग को सम्बन्ध कस्तो थियो र अहिले कस्तो छ?

Ø  राजा बिरेन्द्रको मृत्‍यु ले पारेको प्रभाव?

Ø  तत्कालिन माओवादिले निम्त्याएको समस्या?

Ø  नयाँ नामाकरण पछीको नेपाल ले के दियो?

Ø  म नागरिक, मेरो जिम्मेवारी  के

Ø  मैले खोजेको मेरो देश नेपाल कस्तो हुनुपर्छ?

 

एक एक प्रश्न को उत्तर को खोजी जारी छ । क्रमश उपरोक्त प्रश्नको उत्तर लिएर छिटै आउनेछु ।

धन्यवाद