Saturday, June 20, 2020

नेपालमा सकारात्मक परिवर्तन नहुनुका कारण तथा उपायहरु


नेपालमा सकारात्मक परिवर्तन नहुनुका कारण तथा उपायहरु 

Sushil Khanal | M.A. Sociology 






. प्रतेक सरकारी वा अर्ध सरकारी संघ संस्थाका अधिकांश अधिकारी वा कर्मचारी द्वारा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राजनीतिमा संलग्न  हुनु      

- सरकारी वा अर्ध सरकारी संघ संस्थाका अधिकांश अधिकारी वा कर्मचारी द्वारा विभिन्न राजनैतीक दल निकटका ट्रेड युनियन खारेज गरी सम्पूर्ण कर्मचारीको एउटै युनियन हुनु आवश्यक, साथै राजनैतीक दल निकट विद्ध्यार्थीहरुका विभिन्न भात्री संगठन खारेज गरी एउटै संगठन विद्ध्यार्थी संगठन हुनुपर्ने 

. आवश्यक भन्दा धेरै राजनीतिक दल हुनु, एउटै दलमा गुटबन्दी गर्नु वा गर्न लगाउनु र एउटै पदका लागि मरिहत्ते गर्नु

- राजनैतीक दल दर्ता गर्न पाउनु नागरिकको अधिकार भएतापनी नेपालको आवश्यकता अनुसार न्युनतम २ र अधिकतम ४ भन्दा बढी राजनैतीक दल हुनु हुँदैन, साथै एउटै पदमा जीवन बिताउन खोज्नु पनि मुर्खता हो । एउटै दलमा २-३-४-५ जना सम्म अध्यक्ष हुनु वा हुने बातावरण बनाउनु अनुचित कार्य हो । यस्ता कार्य लाई तत्काल निरुत्साहित गर्नु जरुरी छ । अन्यथा पदकै लागि जस्तो सुकै निम्न स्तर को कार्य गर्न पनि पछी नहट्ने सन्केत देखिन्छ ।  

. गैर कानुनी कृयाकलाप मा संलग्न भएर आर्थिक लाभ वा आय आर्जन मा बढी आकर्षित हुनु

- शक्तिको आड र पदको दुरुपायोग गरी तस्करी गर्ने-गराउने र मनग्गे धन आय-आर्जन गर्ने जस्ता कृयाकलाप पूर्ण रुपमा निर्मुल गर्नु अतिआवश्यक छ, त्यसो नगर्दा तस्करीकै कारण राज्यलाई आर्थिक घाटा वेहोर्नु पर्ने र निशित समुह वा व्यक्ती धनी हुने जसको प्रभाव आम नागरिक माथि पर्न जान्छ

. अपराधीक पृष्ठभूमि भएका व्यक्ती हरु द्वारा राजनीतिमा प्रवेश गर्नु वा गराउनु

- जसरी कुनै सरकारी सेवा मा प्रवेश गर्दा चारित्रिक प्रमाण हेर्ने गरिन्छ सोही अनुरुप राजनीति गर्ने व्यक्ती वा समुह लाई पनि त्यो नियम लागु गर्नु जरुरी छ, वा कुनै पनि मुद्धा खेपेको समुह वा व्यक्ती छ भने सो व्यक्ती वा समुहलाई राजनीति प्रवेश मा रोक लगाउनु पर्दछ

. आधारअभुत तह देखी विश्वविद्यालय जस्तो पवित्र क्षेत्र लाई राजनीति गर्ने थलो बनाइनु

- सामान्यत: स्कुल कलेज मा भोज भतेर गर्ने, पार्टीगत भेला हुने, राजनैतीक गतिविधी गर्ने जस्ता कार्य हुँदै गएका छन जो राम्रो होइन। विध्यालय परिसर भित्र वा ओरिपरी राजनैतीक गतिविधी गर्नु गराउनु हुँदैन 

. राजनीति मा प्रवेश गर्न कुनै पनि योग्यता निर्धारणा गर्न नसक्नु

- राजनीति गर्न वा नेता हुन वा मन्त्री देखी सर्वोच्च पद सम्म पुग्न कुनै योग्यता निर्धारणा गर्न नसक्नु निकै दुर्भाग्यपूर्ण हो तसर्थ योग्यता प्रणाली लागु गर्न आवश्यक देखिन्छ।  देशको कानुन बनाउने, निती निर्माण गर्ने, अन्तरराष्ट्रिय स्तर मा आफ्नो पहुच पुर्याउन र समय सापेक्ष प्रतिस्पर्धा को लागि सक्षमता को आवश्यक पर्दछ . 

. आफ्नो सकारत्मक मौलिक परम्परा, असल ईतिहास लाई बच्चाइ राख्न नसक्नु वा विकसित मुलुक हरुको नक्कल गर्नु वा बाह्य प्रभाव बढ्नु  

- आफ्नै देशको सकारात्मक धार्मिक परम्परा, भाषा, भेष-भुषा,रहन सहन, ईतिहास को संरक्षण गर्दै बिकास गर्नु पर्दछ । विदेशी नकल गर्नु भनेको आफ्नो पहिचान गुमाउनु हो। हरेक देशको आफ्नै भिन्न पहिचान भएमा मात्रा विश्व सामु चिन्ने-चिनाउने अवसर मिल्दछ।   

. भ्रष्टाचार, देशद्रोह, बलात्कार, निती नियम को उलंघन गर्ने प्रती कठोर कारवाही नहुनु वा नातावाद, कृपावाद, लम्पसारवाद को हालिमुहाली हुनु

- आफ्नो लाई काखा अर्को लाई पाखा को निती राख्नु हुँदैन, दोषी जो सुकै भएतापनी कानुन को दायरा भित्र ल्याउनै पर्छ। न्यायिक निकाय वा कुनै पनि सरकारी निकायले सत्तापक्षको बोली बोल्नु हुँदैन र पक्षपात नगरि आफ्नो काम गर्नु आवश्यक हुन्छ। जुन सुकै निकाय भएतापनी राजनीति तर्फ को झुकाव नराखी संविधान तर्फ झुकाव हुनु आवश्यक । किन कि राजनीति जुनसुकै बेला पनि परिवर्तन हुन सक्छ तर सरकारी कर्मचारी भनेको स्थाई हुन्छ र देशको बिकास उनिहरु माथि पनि भर पर्छ । 

. कर छली मा हुने व्यापक भ्रष्टचार नियन्त्रण वा नियमन गर्न नसक्नु

- राज्य का जिम्मेवार निकाय ले अझै पनि कर छली गर्ने वा गर्न लगाउने माथि नियन्त्रण गर्न वा गराउन सकेको अवस्था छैन। कर छली हुँदा पनि मौन बस्नु वा बस्न लगाउनु पनि अपराध हो राज्यको ढुकुटी को चोरी हो । यसले राज्य लाई घाटा हुन जान्छ।

१०. स्रोत साधन को उचित पहिचान गरी उपयोग मा ल्याउन नसक्नु

- प्राकृतिक स्रोत साधनले नेपाल एउटा धनी देश भित्र पर्छ तर देशमा भएका स्रोत साधन को पहिचान पूर्णरुपमा हुन नसक्नु दुर्भाग्यपूर्ण हो । नेपाल जल स्रोत मा निकै धनी छ तसर्थ बिद्युत उत्पादन गर्ने र बिद्युतिय सवारी साधन प्रयोग मा ल्याउने , पर्यटन पर्वर्धन गर्ने, मत्स्य पालन मा आत्म निर्भर हुने, कृषि योजना अन्तर्गत सिंचाइ व्यवस्था गर्ने, जंगल का पुराना रुख विरुवा बाट काठ निकाल्ने र नयाँ बिरुवा रोप्ने, हिमाली जिल्ला मा स्याउ खेती गरी आफ्नै देशको स्याउ मा आत्मा निर्भर हुने, स्वच्छ हावापानी भएका कारण कृषि र पशुपालनमा धेरै विकास गर्न सकिने, नेपाल मा उपलब्ध जडिबुटी को सदुपयोग गर्ने जस्ता गतिविधी गर्नु वा गर्न लगाउनु आवश्यक छ ।

११. नेपाल मा के आवश्यक छ सो विषय को वास्ता नगरि अन्य मुलुक ले के गरेको छ सो को नक्कल गरिनु

- नेपालको आर्थिक-सामाजिक-भौतिक र प्राकृतिक स्रोत साधनले मागे अनुरुप योजना ल्याउनु पर्ने देखिन्छ। उदाहरणको लागि नेपालको सन्दर्भमा पानी जहाज र पानी जहाज मन्त्रालय को कुनै आवश्यक छ जस्तो लाग्दैन किनकी नेपालको भौगोलिक धरातल पानी जहाज दौडाउने अनुकुल छैन । बरु बिद्युत उत्पादन गरी बिद्धुतिय सवारी साधन वा हिमाल-पहाड-तराइ मा चल्ने वा चलाऊन सक्ने साना रेल गाडी उपयोग मा ल्याउन सकिन्छ जसले गर्दा अन्य मुलुक बाट इन्धन खरिद मा लाग्ने निकै ठुलो धन राशी आफ्नै देशको अन्य  क्षेत्रमा लगानी गर्न सकिन्छ ।  

१२. आफुलाई राजा अरु सबै दास हुन भन्ने सोच राख्नु, काम र व्यक्ती को सम्मान नहुनु

- पद र पैसा को नशा मा चुर व्यक्ती ले मै जाने, मै ठुलो भन्ने भ्रम ले गर्दा हुने खाने र हुँदा खाने बिच ठुलो खाडल वा दुरी बनेको छ।  नेपालमा उचित रोजगारी को व्यवस्था नहुनु, रोजगारी भएमा योग्यता अनुसार पारीश्रमिक नहुनु, काम वा कामदार को सम्मान नहुनु, कार्य क्षमता अनुसार उचित मुल्यांकन नहुनु निकै दुर्भाग्यपूर्ण कुरा हो जसको कारणले दक्ष जनशक्ती बैदेशिक रोजगारी को लागि वाध्य छन।

१३. अनावश्यक आर्थिक बोझ हुनु

- नेपाल जस्तो सानो, आर्थिक दृष्‍टिकोणले गरीब देशमा आवश्यक भन्दा धेरै खर्च गर्ने चलन निकै लज्जास्पद हो । संख्यात्मक हिसाबले चाहिने भन्दा बढी नेता, मन्त्री र मन्त्रीमण्डल, अलिशान गाडी, अगुवा पछुवा सुरक्षा कर्मी, अनावश्यक भत्ता, इत्यादी आर्थिक बोझको मुख्य कारण हो तसर्थ यस् माथि सोच विचार गरी आर्थिक बोझ घटाऊन आवश्यक छ।

१५. पैसाको महत्तो घट्दै जानु, महंगाइ बढ्दै जानु, दक्ष जनशक्ती वैदेशिक रोजगारमा पलायन हुन बाध्य हुनु

-दिनप्रतीदिन पैसाको महत्तो कम हुँदै गएको छ, अत्यावश्यक सामान खरिद गर्न पनि निकै ठुलो मुल्य चुकाउनु पर्ने । उत्पादन तर्फ नजादा सबै सामान आयात गर्नु पर्ने भएकोले ठुलो धन राशी खर्च हुने र महंगाइ तिव्र गतिमा बढ्दै गएको छ तसर्थ उत्पादनमा जोड दिनु पर्ने देखिन्छ

 १६. नागरिक र सरकारले आ-आफ्नो कर्त्यव्यको पालना नगर्नु

- नागरिकले सबै काम सरकार ले गर्नु पर्छ भन्ने अनी सरकार ले नागरिकले गर्नु पर्छ भन्ने एक अर्का माथि दोषरोपण गर्नु निकै नकारात्मक कुरा हो । दुबैले आ-आफ्नो जिम्मेवारी बहन गर्ने हो भने समस्याको समाधान आफै निस्किने देखिन्छ।

१७. असल राजनीतिको बिजारोपण गर्न नसक्नु

- असल राजनीति को बिजारोपण गर्न नसक्नु वा कुशल राजनिती संस्कार बसाल्न नसक्नु ठुलो कमजोरी रहेको छ । अबका युवा वर्ग हरुले कुशल राजनीति को सुरुवात गर्न नसकेमा सकारात्मक परिवर्तन को कल्पना समेत गर्न सकिदैन।   

१८. सत्तापक्ष र विपक्ष द्वारा मिलिजुली भ्रष्टाचार गर्नु वा गर्न लगाउनु

- भाषाण मा जे जती कुरा गरे पनि वास्तवमा सत्ता पक्ष र विपक्ष आन्तरिक रुपमा मिलिजुली भ्रष्टाचार गर्ने गरेको पाईन्छ । एक अर्काको विरोध गरे जस्तो गर्ने, आम जनता बिच द्वन्द गराउने, भ्रमको खेती गर्ने काम गरेको पनि नदेखिएको होइन । यो व्यवस्था लाई चिर्न सक्यौ भने मात्र विकास को सम्भावना छ अन्यथा सधैं एक आपसमा झै झगडा बाहेक केही हुँदैन। 

१९. कुरा वा भाषाण र काम मा एकरुपता नहुनु

- कुरा र काम गर्ने शैली मा एक रुपता नहुनु पनि मुख्य कारण रहेको छ । विकास र परिवर्तन का ठुला ठुला कुरा गर्ने तर काम मा भने सिन्को नभाच्ने गर्दा समस्या देखिएको छ । तसर्थ कुरा थोरै काम धेरै गर्नु जरुरी देखिन्छ, अन्यथा सबै परीयोजना कागजमा मात्र सिमित रहने छन।

२०. प्रविधी को दुरुपायोग हुनु

- प्रवीधी आजको आवश्यकता हो तर हाम्रो देशको सन्दर्भमा वरदान भन्दा पनि अभिशाप नै भए जस्तो देखिन्छ। प्रवीधी को सदुपयोग नहुँदा दिनप्रतिदिन अपराध बढेका छन, बहुमुल्य समय तथा उर्जाशील शक्ती सामाजिक सन्जालमा खेर फालेको पनि देखिन्छ। समय र सीपको सदुपयोग नगर्नु पनि सकारात्मक परिवर्तन नहुनुको कारण हो । सामाजिक सन्जालको प्रयोग सुविधाको लागि र केही क्षण को लागि मात्र प्रयोग गर्ने हो भन्ने चेतना नभएर पनि हुन सक्छ ।

२१. स्वदेशी वस्तु को उत्पादन नहुनु र भएमा उपभोग नगर्नु

नेपालमा निकै कम उत्पादनका उद्ध्योग हरु छन तसर्थ उत्पादन क्षेत्र तर्फ लगानी आवश्यक छ। स्वदेशी वस्तु नै उपभोग गरौ भन्ने अभियान नै चलाऊन जरुरी छ। साथै बाहिर बाट आयात रोक्नु पर्ने हुन्छ जसले गर्दा एक आफ्नै देशको उत्पादन उपयोग हुने भो अर्को आयात गर्दा जो धनराशी देश बाहिर जान्छ त्यो आफ्नै देशमा रहने भयो। यसको प्रत्यक्ष प्रभाव आर्थिक स्तरोन्नती मा पर्दछ। स्वतन्त्र नागरिक को हैसियत राखी अन्य कुनै ठोस कारण भएमा थप गर्नुहुन अनुरोध छ।

   थप केही भए कमेन्ट मा शभ्य भाषा मा लेख्नु हुन अनुरोध गर्दछु, त्रुटी भएमा  सुझावको अपेक्षा गर्दछु

जय नेपाल जय नेपाली


Wednesday, June 17, 2020

वर्षौ पहिला उठेको मेरो देश नेपाल किन हिंड्न सकेन ?




कैले GOOGLE कैले YAHOO मा बारम्बार खोज्न मन लाग्छ, तर त्यो सामर्थ्य GOOGLE वा YAHOO ले कहाँ राख्न सक्थ्यो रमेरा पुर्खा बाट सुनेको र मेरा शिक्षक बाट पढेको नेपाल र नेपाली कहाँ भेटिएला----

मेरो मन र मेरो मस्तिष्क बिच हजारौ प्रश्नको उत्तरको खोजिको लागि आन्तरिक द्वन्द  चलिरहन्छ । केही मुख्य वा प्रतिनिधि मुलक प्रश्न निम्नलिखित छन :

 

Ø  नेपाल र नेपालीको पहिचान के थियो

Ø  नेपाल र् नेपालीको  ईतिहास वास्तवमा कस्तो थियो? राम्रो वा नराम्रो, राम्रो थियो भने निरन्तर्ता किन पाउन सकेन र नराम्रो थियो भने हामीलाई राम्रो छ भन्दै विद्ध्यालयमा किन पढाईयो?

Ø  नेपालको अन्य देशहरु सँग को सम्बन्ध कस्तो थियो र अहिले कस्तो छ?

Ø  राजा बिरेन्द्रको मृत्‍यु ले पारेको प्रभाव?

Ø  तत्कालिन माओवादिले निम्त्याएको समस्या?

Ø  नयाँ नामाकरण पछीको नेपाल ले के दियो?

Ø  म नागरिक, मेरो जिम्मेवारी  के

Ø  मैले खोजेको मेरो देश नेपाल कस्तो हुनुपर्छ?

 

एक एक प्रश्न को उत्तर को खोजी जारी छ । क्रमश उपरोक्त प्रश्नको उत्तर लिएर छिटै आउनेछु ।

धन्यवाद